चितवनका स्थानीय तहमा अख्तियारको छापा « Khabarhub

चितवनका स्थानीय तहमा अख्तियारको छापा


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर महानगरपालिका–२५ को वडा कार्यालय र राप्ती नगरपालिकामा छापा मारेको छ । भरतपुर–२५ का वडाध्यक्ष विजयकुमार भुजेलविरुद्ध भ्रष्टाचारको उजुरी परेपछि अख्तियारले सोमबार वडा कार्यालयमा छापा मारेको हो ।

उजुरीसम्बन्धी कागजपत्र संकलन र अनुसन्धान गर्ने काम मंगलबार पनि भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । विभिन्न सिफारिसमा वडाध्यक्षले सेवाग्राहीसँग पैसा मागेको भन्ने उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

‘वडाध्यक्षले गर्ने विभिन्न सिफारिसमा सेवाग्राहीसँग पैसा मागेको र बाहिर समाचार आएपछि फिर्ता गरेको । एउटै आयोजनामा दोहोरो भुक्तानी दिएको भन्नेजस्ता छ सातवटा उजुरी परेको छ’, उनले भने । कागजपत्र संकलन गरेर लगेपछि त्यसमाथि थप अनुसन्धान गरिने उनले बताए ।

‘वडाध्यक्षको सम्बन्धमा धेरै उजुरी आएका थिए’, उनले भने, ‘उजुरी धेरै नै परेको हुनाले फिल्डमा नै गएर उजुरीसँग सम्बन्धित् कागजपत्र उठाएका हौँ ।’ वडाध्यक्ष भुजेलले आर्थिक लाभ लिएर अंशबण्डा गरिदिएको भन्ने आरोपमा उनी विवादमा तानिएका थिए ।

औषधि खरिदमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियारले राप्ती नगरपालिकाको कार्यालयमा पनि छापा मारेको छ । नगरपालिका मातहतका स्वास्थ्य संस्थाले दिने निःशुल्क औषधीको खरिदमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा त्यसको अनुसन्धानका लागि एउटा टोली खटिएको उनले बताए ।

‘सरकारले दिने निःशुल्क औषधिको खरिदमा अनियमितता भएको भन्ने उजुरीपरेपछि हाम्रो टोलीले अनुसन्धानका लागि कागजपत्र संकलन गरिरहेको छ । टोली अझै केहीदिन चितवनमै हुनेछ’, उनले भने । न्यूज कारखाना

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ६ : १५ बजे

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन