चितवनका स्थानीय तहमा अख्तियारको छापा | Khabarhub Khabarhub

चितवनका स्थानीय तहमा अख्तियारको छापा


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर महानगरपालिका–२५ को वडा कार्यालय र राप्ती नगरपालिकामा छापा मारेको छ । भरतपुर–२५ का वडाध्यक्ष विजयकुमार भुजेलविरुद्ध भ्रष्टाचारको उजुरी परेपछि अख्तियारले सोमबार वडा कार्यालयमा छापा मारेको हो ।

उजुरीसम्बन्धी कागजपत्र संकलन र अनुसन्धान गर्ने काम मंगलबार पनि भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । विभिन्न सिफारिसमा वडाध्यक्षले सेवाग्राहीसँग पैसा मागेको भन्ने उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

‘वडाध्यक्षले गर्ने विभिन्न सिफारिसमा सेवाग्राहीसँग पैसा मागेको र बाहिर समाचार आएपछि फिर्ता गरेको । एउटै आयोजनामा दोहोरो भुक्तानी दिएको भन्नेजस्ता छ सातवटा उजुरी परेको छ’, उनले भने । कागजपत्र संकलन गरेर लगेपछि त्यसमाथि थप अनुसन्धान गरिने उनले बताए ।

‘वडाध्यक्षको सम्बन्धमा धेरै उजुरी आएका थिए’, उनले भने, ‘उजुरी धेरै नै परेको हुनाले फिल्डमा नै गएर उजुरीसँग सम्बन्धित् कागजपत्र उठाएका हौँ ।’ वडाध्यक्ष भुजेलले आर्थिक लाभ लिएर अंशबण्डा गरिदिएको भन्ने आरोपमा उनी विवादमा तानिएका थिए ।

औषधि खरिदमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियारले राप्ती नगरपालिकाको कार्यालयमा पनि छापा मारेको छ । नगरपालिका मातहतका स्वास्थ्य संस्थाले दिने निःशुल्क औषधीको खरिदमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा त्यसको अनुसन्धानका लागि एउटा टोली खटिएको उनले बताए ।

‘सरकारले दिने निःशुल्क औषधिको खरिदमा अनियमितता भएको भन्ने उजुरीपरेपछि हाम्रो टोलीले अनुसन्धानका लागि कागजपत्र संकलन गरिरहेको छ । टोली अझै केहीदिन चितवनमै हुनेछ’, उनले भने । न्यूज कारखाना

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ६ : १५ बजे

बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी

लुम्बिनी– बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६

अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया

चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि

बेइजिङ– राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार, चीनको कुल विद्युत

फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर, अनमोल पनि विपक्षी

काठमाडौं – प्रदर्शनमा आएको एक वर्ष नाघेपछि फिल्म ‘फर्की फर्की’विरुद्ध

७३ जिल्लामा फैलियो डेङ्गी, १४ सय बढि सङ्क्रमित 

काठमाडौं– मनसुन सुरु भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ