माओवादी केन्द्रको विधान पारित (भिडियोसहित) « Khabarhub

माओवादी केन्द्रको विधान पारित (भिडियोसहित)


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको विधान पारित गर्दै केन्द्रीय कमिटी वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गराउने निर्णय गरेको छ ।

बैठकले नेता विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउन जिम्म दिएको महराले बताए । त्यस्तै बैठकले माओवादीसँगको एकताका क्रममा आएका विभिन्न तहका नेता कार्यकर्ताको समायोजन र उचित जिम्मेवारी प्रदान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।

हेरौँ भिडियो

https://www.facebook.com/khabarhubofficial/videos/810556409639468

माओवादीले पार्टीका केन्द्रीय आयोगहरुलाई २५ सदस्यीय तथा विभागहरु ३५ हुने व्यवस्था पनि निर्धारण गरेको छ । माओवादीले आयोग तथा विभागमा रहने नेताहरुको सिफारिस गर्न सुझावहरु संकलन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ०८ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले