ओमानसँग नेपाल पराजित « Khabarhub

ओमानसँग नेपाल पराजित


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ।

मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । उनको यो ओडीआईमा पहिलो अर्धशतक हो । खराब शुरुआत गरेको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई शून्यमै गुमाएको थियो । एकातर्फबाट लगातार विकेट गए पनि शेखले एक इण्डबाट स्कोर उकासेका थिए ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, सन्दीप लामिछानेले १६ रन बनाए भने अन्तिम विकेटका रुपमा आउट भएका करण केसीले २१ रन बनाए । १ रन बनाएका सुशान भारी नटआउट रहे ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : ४८ बजे

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,