ओमानसँग नेपाल पराजित | Khabarhub Khabarhub

ओमानसँग नेपाल पराजित


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ।

मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । उनको यो ओडीआईमा पहिलो अर्धशतक हो । खराब शुरुआत गरेको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई शून्यमै गुमाएको थियो । एकातर्फबाट लगातार विकेट गए पनि शेखले एक इण्डबाट स्कोर उकासेका थिए ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, सन्दीप लामिछानेले १६ रन बनाए भने अन्तिम विकेटका रुपमा आउट भएका करण केसीले २१ रन बनाए । १ रन बनाएका सुशान भारी नटआउट रहे ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : ४८ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण