साढे ४ सय नयाँ संक्रमित थपिए « Khabarhub

साढे ४ सय नयाँ संक्रमित थपिए


२८ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बिहीबार थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ४ सय १८ पीसीआर परीक्षणका क्रममा ३ सय ९८ जना र २ हजार ७ सय ९६ एन्टीजेन परीक्षणका क्रममा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९७ हजार ५ सय ८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार २ सय ६९ जनाले ज्यान गुमाएका छन् ।

थप ८ सय ४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७९ हजार १ सय ५४ संक्रमित निको भएका छन् । हाल नेपालमा १३ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ५ : ०० बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स