वर्षातले क्षतिग्रस्त सडक धमाधाम मर्मतपछि सञ्चालनमा आउँदै | Khabarhub Khabarhub

वर्षातले क्षतिग्रस्त सडक धमाधाम मर्मतपछि सञ्चालनमा आउँदै


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– वर्षातले क्षतिग्रस्त बनाएको उदयपुरको अधिकाशं ग्रामिण सडक धमाधम मर्मत गरि सञ्चालनमा ल्याएको छ । उदयपुरका अधिकाशं ग्रामिण सडकहरुमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका सडकहरु दशैंले गर्दा धमाधम मर्मत गरिएको हो । वर्षातका कारणले भएको क्षतिपछि स्थानीय तहले आ आफनो क्षेत्रमा मर्मत गरेका हुन ।

वर्षाले सडक हिलाम्य हुनुका साथै खाल्डा खुल्डी परेका कारण सदरमुकाम भित्रिने तथा बाहिरिने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । ठाउँ–ठाउँमा पहिरो खसेको तथा सडक हिलाम्य भएका कारण यातायातका साधन सञ्चालनमा निकै समस्या भई रहेको अवस्थामा दसैँसँगै स्थानीय तहले स्काइभेटर, जेसिभि प्रयोग गरि मर्मत गरेर गाउँगाउँसम्म यातायात जान सक्ने बनाएका छन ।

घाम लागेका बेला जसोतसो गाडी चलाउने गरे पनि पानी परेका बेला गाडी चलाउन निकै समस्या हुने गरेको ग्रामिण सडक यतिखेर मर्मतपछि सहज तरिकाले गन्तव्य पुग्ने गरेको बस चालक लालप्रसाद झाले बताए ।

सडक निर्माण गरिए पनि सडकको स्तरवृद्धिमा सरोकारवाला निकायको ध्यान जान नसक्दा भगवान् भरोसामा गाडी चलाउनु पर्ने अवस्था रहेको चालकहरूको भनाइ छ । ुदुर्घटना भई हाले भने चालकको गल्तीका कारण भयो भन्छन् । तर, सडकको स्तरोन्नतिका लागि कसैले चासो दिँदैनन’, झाले भने, ‘कुन ठाउँमा कति बेला के हुने हो भन्न सकिने अवस्था छैन ।ु

जोखिम मोलेर यात्रा गर्नु आफूहरूको बाध्यता रहेको यात्रुले बताउँछन । ‘काम विशेषले सदरमुकाम सहित जिल्लाका विभिन्न स्थानमा जानु पर्दछ,’ रौतामाई गाँउपालिका आँपटारका केशव राईले भने, ‘हिँडेर जान सकिँदैन, जोखिमपूर्ण भए पनि गाडीमा यात्रा गर्ने पर्ने अवस्था छ ।ु

जिल्ला सदरमुकामलाई जिल्लाका अन्य गाउँसँग जोड्न उदयपुरमा दर्जंनौ बढी ग्रामीण सडक निर्माण भएका छन् । वर्षायाम सुरुसँगै जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध थियो, मर्मतपछि अहिले सञ्चालनमा आएको छ ।

कटारी–रुपाटार, कटारी–इनामे–मार्झखर्क, कटारी– ठानागाँउ, कटारी– बर्रे, कटारी–नेपालटार, मोतिगडा– फत्तेपुर जाने सडक मर्मतपछि सञ्चालनमा आएको छ ।

बेल्टार–चौदण्डीगढी–रानीटार, सोमबारे–मैनामैनी–मचुङटार नेपालटार–उदयपुरगढी– डुम्रे, बेल्टार–साउने, मुर्कुचि– माझर्खक, मुकुर्चि– भुट्टार, देउरी– दमौटी, फोक्सिनटार– रसुवा, रसुवा– लाफागाँउ सडक मर्मतपछि सञ्चालनमा आएको छ ।

जिल्ला प्राविधिक कार्यलयका उदयपुरका अनुसार गाँउमा सानो सानो लगानीमा निर्माण गरिएका सडक वर्षातमा जोखिमपूर्ण बन्ने गरेका छन ।

भर्खर खनिएका कच्ची सडक रहेको जिल्लाको पहाडी भेगमा जताततै पहिरो र हिलोले यातायात सञ्चालन गर्न कठिनाइ हुन पुगेको स्थानीय बताउँछन । जिल्लाका लिम्चुङबुङ, ताप्ली, रौतामाई गाउँपालिका केन्द्र जोड्ने सडक मर्मतपछि सञ्चालनमा आएको छ । वर्षाले पहिरो गएर गाउँपालिकाबाट सदरमुकाम गाईघाट आउन पनि धेरै कठिनाइ भएको अबस्थामा मर्मतपछि आउजाउमा सहज भएको सर्वसाधारण बताउँछन् ।

हिउँदमा धुलाम्य हुने कच्ची सडकहरु वर्षा याममा हिलाम्य हुने समस्या त छँदैछ, पहिरो पनि थपिएर सडक अवरुद्ध पारेपछि आउजाउ गर्न धेरै कठिनाई भोग्नु परेको रौतामाई गाउँपालिका– १ माझखर्कका अस्मिता मगरले बताइन् ।

रौतामाई र लिमचुङबुङ जोड्ने रौता–भुट्टार–लाफागाउँ–जाँते खण्ड, बाराहा–माझखर्क–पुँवारे भन्ज्याङ, उदयपुरगढी–रौतामाई, उदयपुरगढी–ताप्ली जोड्ने सडक र कटारी–ताप्ली जोड्ने सडकहरु वर्षाले अबरुद्ध पुर्‍याएकोमा मर्मतपछि सञ्चालनमा आएको छ । लिमचुङबुङका जाँते–माझखर्क–बाराहा खण्ड, माझखर्क–बाराहा–बलम्ता, बाराहा–ताम्लीछा–बाँसबोटे र जाँते–बलम्ता–ताम्लीछा खण्डका आन्तरिक सडकहरुको पनि हालत उस्तै रहेको स्थानीय बताउँछन् ।

उदयपुरगढी–डुम्रे, गढी–बर्रे, गढी–तावाश्री जोडिएका आन्तरिक सडकहरू ताप्लीका रुपाटार–ओख्ले, कटहरे–रुपाटार, रुपाटार–इनामे सडक सञ्चालनमा आएकोछ । स्थानीय तहले सडक अवरुद्ध मर्मत गरि दिँदा चाडपर्वमा सर्बसाधारणलाई गाउँ पुग्न सहज भएको बताउँछन । न्यूज कारखाना

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ८ : ०० बजे

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा सञ्चालन गरिएका औषधी पसलहरूमा

राष्ट्रपति पौडेलले गरे वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा

‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल

शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाल शिक्षक महासंघसँग भएको

विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल सरकारसँग माओवादीको आग्रह

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले इजरायलमा हमास समूहको नियन्त्रणमा