बल्ल दसैँ आएजस्तो लागेको छ : भुवन केसी « Khabarhub

बल्ल दसैँ आएजस्तो लागेको छ : भुवन केसी


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वर्ष कोरोनाका कारण जारी लकडाउनले निकै सकसका साथ दसैँ मनाउनु परेको थियो । तर, यसपाली भने लकडाउन छैन, स्थिति अलि सहज छ । तर, साबधानी भने अपनाउनै पर्छ । म आमसर्वसाधारणले झैँ सामान्य तवरले दसैँ मनाउँछु । बुबाआमा, मान्यवरको हातबाट टीका लगाएर आशीर्वाद लिने, आफन्त, आफूभन्दा सानालाई टीका लगाइदिने ।

यो दसैँमा फूलपातीको दिनबाट म बिशेष भूमिकामा अभिनित ‘डाडाको वरपीपल’ फिल्म प्रदर्शनमा आएको छ । कोरोनाका कारण ठप्प रहेको फिल्मी माहौल चलायमान बनाउन फिल्म प्रदर्शन हुन जरुरी छ ।

सोभित बस्नेत भाइले निरन्तर रुपमा फिल्म निर्माण गर्दै प्रदर्शन गरिरहेका छन् । मलाई बल्ल यसपाली दसैँ आएझैँ महसुस भएको छ । सबैको फिल्म चलोस्, दुर्गा भवानीले आशीर्वाद दिऊन्, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा बडा दसैँको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ११ : ०० बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका