५ लाख २९ हजार थपिए, ४ लाख ७६ हजार कोरोनामुक्त « Khabarhub

५ लाख २९ हजार थपिए, ४ लाख ७६ हजार कोरोनामुक्त

७ हजार ६६९ संक्रमितको मृत्यु


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख २९ हजार ८६१ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा ९१ हजार ४१४, बेलायतमा ४० हजार १४७, रुसमा ४० हजार १२३, टर्कीमा २३ हजार ६३७ र ब्राजिलमा १४ हजार ४२४ जना थपिएका हुन् ।

यही अवधिमा ४ लाख ७६ हजार ४२ जना संक्रमित निको भएका ओर्ल्डोमिटरले जनाएको छ ।

निको हुने पनि अमेरिकाका सबैभन्दा धेरै छन् । त्यहाँ मात्रै एकदिनमा ८६ हजार ९०५, रुसमा ३३ हजार ६४५, बेलायतमा २९ हजार ३१३, टर्कीमा २५ हजार १६४ र ब्राजिलमा ८ हजार २०२ जना कोरोनामुक्त भएका हुन् ।

त्यसैगरी ७ हजार ६६९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा सबैभन्दा धेरै एक हजार २३५, अमेरिकामा ९८७, ब्राजिलमा ६१२, टकीृमा २१७ र बेलायतमा १४५ जना रहेका छन् ।

यससँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या २५ करोड ३२ लाख २९ हजार ३८८ पुगेको छ । तीमध्ये २२ करोड ९० लाख ९ हजार ७६६ जना निको भइसकेका छन् भने ५१ लाख ४ हजार २५८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ३८ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको