रसुवागढी नाकामा पार्किङ निर्माण सुरु « Khabarhub

रसुवागढी नाकामा पार्किङ निर्माण सुरु


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – नेपाल–चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ । रसुवागढी प्रवेशद्वारको भागलाई फराकिलो बनाई सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनर पार्किङस्थलको बनाउन लागिएको हो ।

प्राकृतिकरूपमा साँघुरो भू–भागलाई अधिकतम सदुपयोग गर्दै रसुवागढी क्षेत्रलाई थप व्यवस्थित पार्न स्थानीय प्रशासनले सरोकारवाला निकायसँग समन्वय गरेको छ । कोभिड सङ्क्रमण सुरूआतदेखि नै मितेरी पुलबाट नेपाली सवारी साधन केरूङ जान रोकिएपछि चिनियाँ कन्टेनरले सिधैँ रसुवागढी ल्याएका सामग्री पल्टी गर्ने स्थानको असहजतालाई दृष्टिगत गरी कुना भाग फराकिलो पार्न लागिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

विसं २०७२ को विनासकारी भूकम्पसँगै माथिबाट झरेको पहिराले पुरेको स्थानलाई सम्याउँदा कम्तीमा २० ट्रक तथा कन्टेनर पार्किङ हुनसक्ने अनुमान रहेको उनले बताए । यस्तै सीमावर्ती क्षेत्रको समस्या पहिचान र समाधानका लागि पहलकदमी चाल्न स्थलगत निरीक्षणका लागि रसुवागढी पुगेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले गढी क्षेत्रको पार्किङ व्यवस्थापन एवं स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग छिटो सुधार गर्न सरोकारवाला निकायलाई निर्देशन दिए।

कोभिडको असरले घटेको सामान आयातको परिमाण वृद्वि गराउन परराष्ट्र मन्त्रालयमार्फत चीनसँग कूटनीतिक पहलकदमीका लागि आफूले सुझाव पेश गर्नेसमेत उनले बताए । हालै मन्त्रालयका सहसचिव रेग्मी, प्रजिअ जैसी, भन्सार प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको संयुक्त टोलीले रसुवागढी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

टोलीको भ्रमणपछि आयातको परिमाण बढ्नेमा आयातकर्ता आशावादी भएको व्यवसायी धर्म पौडेलले जानकारी दिए। नेपाली व्यापारीहरूले मगाएका सामग्री उत्पादनस्थलदेखि रसुवागढीसम्म ढुवानी सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि छिटो–छरितो सेवा दिन आफू तयार रहेको चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ०० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल