रसुवागढी नाकामा पार्किङ निर्माण सुरु « Khabarhub

रसुवागढी नाकामा पार्किङ निर्माण सुरु


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – नेपाल–चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ । रसुवागढी प्रवेशद्वारको भागलाई फराकिलो बनाई सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनर पार्किङस्थलको बनाउन लागिएको हो ।

प्राकृतिकरूपमा साँघुरो भू–भागलाई अधिकतम सदुपयोग गर्दै रसुवागढी क्षेत्रलाई थप व्यवस्थित पार्न स्थानीय प्रशासनले सरोकारवाला निकायसँग समन्वय गरेको छ । कोभिड सङ्क्रमण सुरूआतदेखि नै मितेरी पुलबाट नेपाली सवारी साधन केरूङ जान रोकिएपछि चिनियाँ कन्टेनरले सिधैँ रसुवागढी ल्याएका सामग्री पल्टी गर्ने स्थानको असहजतालाई दृष्टिगत गरी कुना भाग फराकिलो पार्न लागिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

विसं २०७२ को विनासकारी भूकम्पसँगै माथिबाट झरेको पहिराले पुरेको स्थानलाई सम्याउँदा कम्तीमा २० ट्रक तथा कन्टेनर पार्किङ हुनसक्ने अनुमान रहेको उनले बताए । यस्तै सीमावर्ती क्षेत्रको समस्या पहिचान र समाधानका लागि पहलकदमी चाल्न स्थलगत निरीक्षणका लागि रसुवागढी पुगेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले गढी क्षेत्रको पार्किङ व्यवस्थापन एवं स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग छिटो सुधार गर्न सरोकारवाला निकायलाई निर्देशन दिए।

कोभिडको असरले घटेको सामान आयातको परिमाण वृद्वि गराउन परराष्ट्र मन्त्रालयमार्फत चीनसँग कूटनीतिक पहलकदमीका लागि आफूले सुझाव पेश गर्नेसमेत उनले बताए । हालै मन्त्रालयका सहसचिव रेग्मी, प्रजिअ जैसी, भन्सार प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको संयुक्त टोलीले रसुवागढी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

टोलीको भ्रमणपछि आयातको परिमाण बढ्नेमा आयातकर्ता आशावादी भएको व्यवसायी धर्म पौडेलले जानकारी दिए। नेपाली व्यापारीहरूले मगाएका सामग्री उत्पादनस्थलदेखि रसुवागढीसम्म ढुवानी सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि छिटो–छरितो सेवा दिन आफू तयार रहेको चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ०० बजे

चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्म ५० प्रतिशत काम सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– चक्रपथ विस्तार अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज एक तोला सुनको मोल तीन लाख तीन

जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू) 

काठमाडौं– महाशिवरात्रि नजिकिँदै जाँदा छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न स्थानबाट

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६

७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष (आव) ०८२-८३ को ७ महिनामा सरकारको