खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश « Khabarhub

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को दोस्रो चरणमा प्रवेश गरेको छ । 

प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थी छनोट गरी अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका लागि नेपालको टोली तयार गरिनेछ ।

सोसाइटीका अनुसार प्रथम चरण (प्रदेशस्तरीय) परीक्षाको नतिजाबाट छनोट भई प्रतियोगिता दोस्रो चरणमा प्रवेश गरेको हो । सात प्रदेशका मोरङ, धनुषा, काठमाडौँ, कास्की, रूपन्देही, सुर्खेत र कैलालीमा प्रतियोगिता सञ्चालन गरिएका थिए । 

कोशी प्रदेश (सिनियर) तर्फ शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुलका सिद्धान्त पराजुली प्रथम भएका छन् भने जुनियर समूहमा बाल कल्याण विद्या मन्दिरका शहवाज आलम शीर्ष स्थानमा छन् ।

मधेस प्रदेशमा सिनियर समूहबाट ज्ञानदा एकेडेमीका गौरव गुप्ता पहिलो र बागमती प्रदेशबाट सबैभन्दा बढी विद्यार्थी राष्ट्रिय चरणका लागि छनोट भएका छन् । 

यहाँ सिनियर समूहमा काठमाडौँ मोडल स्कुल, ललितपुरका आर्यन खड्का र जुनियर समूहमा काठमाडौँ प्रज्ञाकुञ्ज स्कुलका सम्पन्न दाहाल प्रथम भएका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा सिनियरतर्फ मदरल्यान्ड सेकेन्डरी स्कुलका शश्वत रेग्मी, लुम्बिनी प्रदेशमा बिहान न्यौपाने, कर्णाली प्रदेशमा नमुना शाह, तथा सुदूरपश्चिम प्रदेशमा प्रशुद पन्तले सिनियर समूहमा पहिलो स्थान हासिल गरेका छन् । 

सोसाइटीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रियस्तरको ओलम्पियाडको मान्यता पाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : ५३ बजे

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया : सडक पुल पहिलो प्राथमिकतामा

सियोल– उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग

काठमाडौं– भोटेकोशी बाढीपीडितलाई युनिलिभर नेपाल लिमिटेडले राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप