डुङ्गा दुर्घटनामा बेपत्ता बालक अझै भेटिएन « Khabarhub

डुङ्गा दुर्घटनामा बेपत्ता बालक अझै भेटिएन


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन।

गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा स्थानीय आठ वर्षीय सन्दीप साउद बेपत्ता भए ।

बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिनाका साथै भारतीय प्रहरीसँगसमेत सहयोग मागिए पनि सन्दीप अझै फेला नपरेको सन्दीपको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

भारततर्फ गइरहेका बेला डुङ्गा दुर्घटना हुँदा शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको मृत्यु भएको थियो । दुर्घटनामा परेर बेपत्ता भएकी मीनाको शव कात्तिक ११ गते महाकाली नदीको पारी भारतमा भेटिएको थियो। सोही दिन भारतमै आफन्तले अन्तेष्टी गरेका थिए ।

दशजना सवार डुङ्गा पल्टिँदा आठजना पौडिन सफल भएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ५३ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना