कोप २६: जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति « Khabarhub

कोप २६: जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जलवायु परिवर्तनको जोखिम रोक्ने विषयमा विभिन्न देशका नेताहरूबीच नयाँ सहमति भएको छ ।

स्कटल्यान्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा नयाँ सहमति भएको हो ।

हरितगृह ग्यास उत्सर्जनको प्रमुख कारक मानिने कोइलाको प्रयोग गर्ने विषयमा सम्झौता भएको हो । कार्बन उत्सर्जनलाई अझै न्यून पार्ने र विकासन्मुख देशमा जलवायुको प्रभाव कम गर्न सहयोग गर्ने पनि सम्झौतामा उल्लेख छ ।

तर, यो सहमति पृथ्वीको तापक्रम १ दशमलब ५ डिग्री सेल्सियमा सीमित पार्न भने पर्याप्त नभएको विज्ञहरू बताउँछन् ।

यसअघि तयार पारिएको मस्यौदामा कोइलालाई चरणबद्ध रूपमा विस्थापित गर्ने उल्लेख थियो । तर, भारत र चीनसहित केही देशको विरोधका कारण त्यसलाई सम्झौताबाट हटाइएको थियो ।

भारतका जलवायु मन्त्री भूपेन्द्र यादवले विकासन्मुख देशहरूले ‘विकास र गरिबी निवारणका मुद्दा’ चलिरहेका बेला कोइला विस्थापित गर्न नसक्ने बताएका थिए ।

विभिन्न देशका प्रतिनिधिहरूले असन्तुष्ट जनाएपछि कोइलालाई विस्थापित गर्नेभन्दा पनि त्यसलाई चरणबद्ध न्यून गर्ने सहमति भएको थियो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले विश्वले ग्लास्गोको कोप २६ लाई ‘जलवायु परिवर्तनको अन्त्यको सुरुवात’ को रुपमा हेर्ने आशा व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अमेरिकी प्रतिनिधि जोन केरीले ग्लास्गो सम्मेलनबाटै जलवायुसम्बन्धी सम्पूर्ण संकट अन्त्य नहुने बताएका छन् ।

यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले ‘पृथ्वी कमजोर धागोमा झुन्डिएको’ भन्दै ‘हामीले अझै पनि जलवायु बिपद्को ढोका खोलिरहेको’ टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ५६ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण