मुम्बईमा विवाह गर्दै रणवीर र आलिया « Khabarhub

मुम्बईमा विवाह गर्दै रणवीर र आलिया


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशल तथा अभिनेत्री अंकिता लोखण्डे र उनकी प्रेमी विकी जैनको विवाह पछि फिल्मकर्मी तथा फ्यानहरु रणवीर कपूर र आलिया भट्टको विवाहको प्रतिक्षामा छन् । उनीहरुको विवाहका बारेमा एक वर्षयता चर्चा चले पनि दुवैले आधिकारिक रुपमा केही घोषणा गरेका छैनन् ।

धेरैले उनीहरुले मुम्बई बाहिर गएर विवाह गर्ने अनुमान लगाए पनि त्यो अनुमान गलत साबित भएको छ । समाचारअनुसार उनीहरु नयाँ वर्षको सुरुवातमै सात फेरा लगाउदैछन् । उनीहरुले मुम्बईमा नै विवाह गर्ने योजना बनाएका छन् । दुवै कलाकारले परिवारसँगको सल्लाह अनुसार यो निर्णय लिएका हुन् ।

‘आलिया भट्ट र रणवीर कपूर डेस्टिनेसन वेडिङ गर्ने छैनन् । उनीहरुले मुम्बईमा नै विवाह गर्नेछन् । त्यो विवाह उनीहरुको परिवारको उपस्थितिमा हुनेछ । उनीहरुले ठूलो बजेटमा विवाह गर्ने मन बनाएका छैनन्’, उनीहरु निकट स्रोतले भनेको छ ।

आलियाका पिता महेश भट्ट यात्रा गर्ने मनस्थितिमा छैनन् । रणवीरका काका रणधीर कपूरको स्वास्थ्य अवस्था ठिक छैन । त्यहीकारण उनीहरुले मुम्बईमा नै विवाह गर्ने निर्णय लिएका छन् । उनीहरुले ताज लेण्ड एण्डमा विवाह गर्नेछन् । जसका लागि सबै कुरा फाइनल गरिसकेका छन् । रणवीर हाल नयाँ घर बनाइरहेका छन्, जहाँ विवाहपछि आलियासँग बस्नेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ११ बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्