यसरी खिचिएको थियो ‘टाइटानिक’को अन्तरंग दृश्य « Khabarhub

यसरी खिचिएको थियो ‘टाइटानिक’को अन्तरंग दृश्य


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– हलिउडको सबैभन्दा प्रतिष्ठित फिल्ममा पर्ने ‘टाइटानिक’ रिलिजको २४ वर्ष पुगेको छ । यो फिल्म सन् १९९७ को डिसेम्बर १७ मा रिलिज भएको थियो । यो फिल्मले अभिनेता लियोनार्दो डिकाप्रियो र अभिनेत्री केट विन्सलेटलाई रातारात स्टार बनाएको थियो ।

कैयौं भाषामा डब गरिएको यो फिल्मले ‘ओस्कार अवार्ड’ जितेको थियो । यो फिल्ममा लियोनार्दो र केटको अन्तरंग यौन दृश्य सर्वाधिक चर्चित बनेको थियो । यो दृश्य कसरी खिचिएको थियो भन्ने बारेमा अभिनेत्री केटले मुख खोलेकी छन् ।

केटका अनुसार यो दृश्य छायांकन भइरहँदा उनी निकै निरास थिइन् । जबकी लियोनार्दो भने यो दृश्य खिचेपछि सामान्य अवस्थामा थिए ।

‘यो दृश्य खिचिरहँदा हामी आफ्नो चरित्रमै थियौं । जसमा रोज ज्याकलाई प्रेम गर्न चाहन्थे । जसै क्यामरा रोल हुन बन्द भयो, हामी उठ्यौं र आ–आफ्नो बाटो लाग्यौं । यो दृश्य सकिएको थियो । म सुतिरहेको बेला के यो काम गर्नु लाजको कुरा हो ? भनेर सोचेकी थिएँ । तर यो काम राम्रो भयो’, केटले एक अन्तरवार्तामा भनेकी छन् ।

यो फिल्ममा काम गर्नुअघि नै लियोनार्दो र केट मिल्ने साथी थिए । उनीहरु २० वर्ष भन्दा बढी समयदेखि एकअर्कालाई चिन्दछन् । यो दृश्य हेर्नकै लागि मानिसहरुले ‘टाइटानिक’लाई धेरैपटक हेरेका थिए । फिल्मको दृश्यमा ज्याक र रोज टाइटानिक जहाजको तल्लो तलमा एक कारभित्र सेक्स गर्छन् ।

केटका अनुसार यो दृश्य खिच्नुअघि उनले लियोसँग यौन जीवनको बारेमा खुलेर कुराकानी गरेकी थिइन् । केटलाई लियोले सेक्सुअल टिप्स दिएका थिए । त्यही टिप्स अनुसार केटले दृश्य दिएकी थिइन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : २४ बजे

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती