अफगानिस्तानमा भएका गैरन्यायिक हत्याप्रति संयुक्त राष्ट्रसंघद्वारा चासो व्यक्त « Khabarhub

अफगानिस्तानमा भएका गैरन्यायिक हत्याप्रति संयुक्त राष्ट्रसंघद्वारा चासो व्यक्त


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– अफगानिस्तानमा तालिबानले अगस्तमा सत्ता लिएदेखि १०० भन्दा बढी गैरन्यायिक हत्यामा संलग्न रहेको आरोप लगाउँदै तालिवान समूहबाट भएका यस्ता गतिविधिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।

अगस्त १५ पछि तालिबान शासकहरूले आम माफी घोषणा गरेपनि यस्ता हत्याका रिपोर्टहरू आउनु चिन्ताको बिषय भएको संयुक्त राष्ट्रसंघका उप अधिकार प्रमुख नाडा अल–नासिफले बताए।

उनले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्लाई भने, “अगस्त–नोभेम्बरसम्ममा हामीले पूर्व अफगान राष्ट्रिय सुरक्षा बल तथा पूर्व सरकारसँग सम्बन्धित १०० भन्दा बढी अन्य व्यक्तिहरूको हत्या भएका विश्वसनीय आरोपहरू प्राप्त गरेका छौँ ।’

यीमध्ये कम्तीमा ७२ हत्याहरू तालिबानले गर्दा भएको उनले बताए ।

“थुप्रै अवस्थामा मृत शरीरलाई सार्वजनिक रूपमा प्रदर्शन गरिनुले समस्या झनै जटील भएको देखिन्छ,” उनले भने।

संयुक्त राष्ट्र अधिकार प्रमुख मिशेल बासेलेको तर्फबाट परिषद्लाई मंगलबार गरेको अपडेटमा अल–नशिफले भने, “जिहादी इस्लामिक स्टेट–खोरासन समूहका धेरै सदस्यहरू अर्थात् तालिबानको मुख्य शत्रुविरूद्ध पनि त्यस्तै आरोप लागेको छ ।’ एएफपी

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : २० बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले