संसारकै सबैभन्दा शक्तिशाली अस्त्र सार्वजनिक गरिएको उत्तर कोरियाको दाबी « Khabarhub

संसारकै सबैभन्दा शक्तिशाली अस्त्र सार्वजनिक गरिएको उत्तर कोरियाको दाबी


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाले संसारकै सबैभन्दा शक्तिशाली अस्त्र सार्वजनिक गरिएको दाबी गरेको छ । पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरिएको हो ।

त्यहाँको सरकारी सञ्चारमाध्यमले त्यसलाई “संसारकै सबैभन्दा शक्तिशाली अस्त्र” भनेर वर्णन गरेको बीबीसीले उल्लेख गरेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग-अनले अवलोकन गरेका थिए।

त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको “प्रधान शत्रु” भएको बताएका थिए।

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको छ। सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ।

ठूलो आकारका कालो-सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिन्छ। विश्लेषकहरूले यसअघि उत्तर कोरिया नदेखिएका अस्त्रहरू देखिएको बताएका छन्।

सार्वजनिक गरिएको क्षेप्यास्त्रको कोरियाली नाम उल्लेख गर्दै उत्तर कोरियासम्बन्धी विज्ञ अङ्कित पाण्डाले “नयाँ वर्ष, नयाँ पकगकसङ्ग” भन्दै ट्वीट गरेका छन्।

“विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्र क्रान्तिकारी सशस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको छ,” कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १ : ३४ बजे

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र