थर्ड व्हिलले बेच्न थाल्यो ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर, २५ हजारसम्मको छुट सुविधा « Khabarhub

थर्ड व्हिलले बेच्न थाल्यो ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर, २५ हजारसम्मको छुट सुविधा


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थर्ड व्हिलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेको छ । कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत् ती स्कुटर बिक्रीको सेवा सुरू गरेको हो ।

थर्ड ह्विल विगत २ वर्षदेखि नै अनलाइन माध्यमबाट दुई पाङ्ग्रे सवारीको सर्भिसिङ गर्ने, पार्टपुर्जा बिक्री गर्ने, तथा बाइक तथा स्कुटरहरुको एक्सोसेरिसहरुको बिक्रि लगायतका सेवा दिदै आएको थियो । थर्ड ह्विलले व्यवसाय विस्तारको नयाँ अध्यायका रूपमा इलेक्ट्रिक स्कुटरहरु अनलाइन प्लेटफर्ममार्फत् बिक्री वितरण गर्ने कामको थालनी गरेको छ ।

कम्पनीले भारतको प्योर कम्पनीका ई– प्लुटो र इट्रान्स नियो नामका दुई स्कुटर बिक्रीमा राखेको छ । भारतीय ब्रान्डका यी स्कुटर किन्न चाहनेले अनलाइनमा अर्डर गरेपछि ‘टेस्ट ड्राइभ’ गर्न घर अथवा अफिस मा नै उपलब्ध हुनेछन् ।

ई प्लुटो ७जी को मूल्य २ लाख ४९ हजार कायम गरिएको छ । क्रोम फिनिस्ड बडी रहेको ई प्लुटोमा २.५ किलोवाट आवरको पोर्टेबल ब्याट्री प्याक दिइएको छ जसले फुल चार्जमा ९० देखि १ सय २० किलोमिटर दौडन सक्ने क्षमता राखछ ।

तीन स्पिड मोड दिइएको स्कुटर ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ । स्कुटरमा एलईडी ड्यासबोर्ड दिइएको छ भने ३० एनएमको टर्क उत्पादन गर्न सक्छ ।

स्कुटरमा प्रयोग भएको ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमीटरको वारेन्टी कम्पनीले नै दिएको छ भने थर्ड ह्विलले आफ्ना ग्राहकका हकमा एक बर्ष इमर्जेन्सी मेन्टिनेन्सको सुविधा थप गरेको छ ।

नियो इट्रान्समा भने क्रोम फिनिसबाहेक सबै विषेशता छन् । स्कुटरको मूल्य २ लाख २९ हजार रूपैयाँ तोकिएको छ ।

थर्ड ह्विलले बेच्न लागेका यी स्कुटरहरु माछापुच्छ्रे बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकबाट शुन्य ब्याजदरमा किन्न सकिन्छ । स्कुटर किन्दा १० हजार रूपैयाँ बराबरको एसोसेरिज निःशूल्क तथा १५ हजार क्यास ब्याक पनि दिइने बताइएको छ । कम्पनीले स्कुटरमा एक वर्षको निःशूल्क सर्भिसिङको सुविधा दिइएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  २ : ०० बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा