मुख्यमन्त्री गुरुङलाई सांसद मनाङ्गेले साथ नदिने  « Khabarhub

मुख्यमन्त्री गुरुङलाई सांसद मनाङ्गेले साथ नदिने 


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा ओली समूहको सबैभन्दा बलियो मानिएको प्रदेश गण्डकीमा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले साथ नदिने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई संकट परेको छ ।

स्वतन्त्रबाट निर्वाचित भएका मनाङले यसअघि नेकपालाई साथ दिँदै आएका थिए । तर पछिल्लो संकटको घडीमा आफूले स्वतन्त्र सांसद रहेको बताएपछि मुख्यमन्त्री गुरुङलाई धर्मसंकट परेको हो ।

मनाङेले ‘म स्वतन्त्र हुँ’ भनेपछि मुख्यमन्त्री गुरुङलाई सरकार टिकाउन बहुमत नपुग्ने भएको छ । मुख्यमन्त्री गुरुङले अहिलेसम्म दिपक मनाङेलाई समेत आफ्नै गणितमा राख्दै आएका थिए ।

मनाङेसहित २७ सांसद ओली पक्षमा र जनमोर्चाका ३ सांसदले समर्थन गर्दा ३० सांसद भई मुख्यमन्त्री गुरुङ ढुक्क रहँदै आएका थिए ।

मनाङेले नेकपा पार्टी प्रवेश गरेको कुनै पनि आधिकारिक सदस्यता रसिद आफूसँग नभएको बताएका छन् । उनले आफू सत्ता पक्षसँगको लहरमा बसेकै आधारमा ओली समूह भनिएको जिकिर गरेका छन् । मनाङेले आफू नेकपाको अर्को समूहमा पनि नरहेको स्पष्ट गरेका छन् ।

मनाङेले ‘दुई तिहाई बहुमत पुग्दा जिल्लामा बजेट पार्न र कार्यान्वयन गर्न सजिलो हुने भएकाले आफूले गण्डकी सरकारलाई समर्थन मात्र गरेको उल्लेख गरेका छन् । यद्यपि उनले समर्थन गर्ने दिन आयो भने जुन दलले आधिकारीक नेकपाको मान्यता पाउँछ त्यसैलाई समर्थन गर्ने बताएका छन् ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेकपा प्रचण्ड–नेपाल समूहमा १३ जना, नेपाली कांग्रेसका १५ र जनता समाजवादी पार्टी जसपाका २ सांसद छन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : ३९ बजे

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका