‘भिजिट भिसा’मा युएई जाने नेपाली अलपत्र परे दूतावासले सहयोग नगर्ने ! « Khabarhub

‘भिजिट भिसा’मा युएई जाने नेपाली अलपत्र परे दूतावासले सहयोग नगर्ने !



दोहा– पछिल्लो समय रोजगारीको नाममा युएईको दुबईलगायत अन्य खाडी मुलुक भिजिट भिषामा आउने नेपालीको संख्या ह्वात्तै बढेको पाइन्छ।

कोरोनासँगै गुमेको रोजगारी र बेरोजगार बनेका नेपाली युवाहरु फेरि रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर खाडी मुलुक छिरिरहेका छन्।

भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका नेपालीहरु अलपत्र पर्ने क्रम बढेपछि यूएईस्थित नेपाली दूतावासले भिजिट भिसामा कामका लागि नआउन आग्रह गरेको छ ।

दूतावासले कसैको ललाईफकाई वा आश्वासनमा परेर रोजगारीको अपेक्षासहित भिजिट भिसाामा युएई नआउन भनेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै प्रचलित कानुन बमोजिम मात्र श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन नेपाली कामदारहरुलाई अनुरोध गरेको हो ।

पछिल्ला दिनहरुमा नेपालीहरु भिजिट भिसामा युएई आएर रोजगारीको खोजी गर्ने गरेको अनौपचारिक जानकारी प्राप्त भएको र त्यसरी आउनेहरु ठगीमा परेको, रोजगारी नपाएर अलपत्र परेका वा विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर गुनासो आउन थालेपछि दूतावासले सचेत गराएको हो ।

कानुन अनुसार श्रम स्विकृति लिएर बाहेक अन्य प्रकृयाबाट आएर कुनै समस्यामा पर्नेहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट समेत सहयोग गर्न नसकिने स्पष्ट पारेको छ ।

भिजिट भिसामा आएर काम नपाएमा वा भने अनुसारको काम नपाएमा सम्वन्धि कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारवाही गर्न समेत नसकिने हुनाले यसमा सजग रहन दूतावासले आग्रह गरेको छ ।

त्यसरी भिजाट भिसामा ल्याउनेहरुले ठगी गर्ने, युएई ल्याईसकेपछि अलपत्र छोडिदिने वा नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्करहरुको सञ्जालमा समेत पर्न सक्ने दूतावासले जनाएको छ । दूताबासले भिजिट भिसामा आएर अलपत्र परेमा कुनै सहयोग गर्न नसक्ने समेत स्पस्ट पारेको छ ।

यसरी पुग्छन् भिजिट भिसामा नेपाली

केही महिना अघि मात्र राम्रो रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्‍याई दलालले अलपत्र पारेको भन्दै एक नेपाली महिलाले काठमाडौँस्थित साइबर ब्यूरोमा निवेदन दिएकी थिईन् ।

स्याङ्जाकी ललिता पुन थापाले काठमाडौँको सुकेधारा घर भएका राम राउतले घरायसी काम गर्ने कम्पनीमा काम लगाई दिने भनेर यूएई पुर्‍याएको र एक अरबीको घरमा १२ हजार दिराममा बिक्री गरेको भन्दै आफूलाई चाँडो उद्धार गरी स्वदेश फर्काइदिन अनुरोध पनि गरेकी थिईन् ।

अहिले छलफल भएपछि एजेन्टले त्यो अरबी नागरिकबाट लिएको पैसा फिर्ता गरेपछि आफूले अब केही दिनमा नै राहदानी पाउने पुनले बताईन् । उनी जस्तै हजारौ महिला तथा पुरुषहरुलाई दलालले भिजिट भिसामा मानव तस्करसँग सेटिङ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् ।

तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, कतार, साउदी अरेबिया, कुवेत ओमान लगायतका मुलुकमा कामदार पठाउने गरेका छन् ।

बुधबार मात्र अध्यागमन विभागले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनका लागि प्रस्ताव मन्त्रालयमा पठाएको जनाएको छ ।

अध्यागमन विभागले महिलाहरू एक्लै विदेश जाँदा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने लगायत केही नयाँ प्रावधान ल्याउने प्रस्ताव पठाईएको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ११ : १३ बजे

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार