शेयर बजार नेप्सेमा नयाँ रेकर्ड, बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब « Khabarhub

शेयर बजार नेप्सेमा नयाँ रेकर्ड, बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार एवं संशोधन गर्ने भन्दै हल्ला चलेका कारण आइतबार नेप्सेमा करेक्सन देखिएको थियो ।

आइतबार ३३.३३ अंकले ओरालो लागेको नेप्से आज ९२.४२ अंकले बढेर दुई हजार ५८६.०१ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० को बिन्दु पहिल्याएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.३३ बिन्दुले बढेर ४६९.४४ मा पुगेको छ । नेप्सेमा उच्च अंकको वृद्धिपछि कारोवार रकम उच्च बिन्दुमा पुगेको छ । कूल २०५ कम्पनीको दुई करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर रु १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ मूल्यमा खरिद बिक्री भएको छ ।

आजको कारोवारपछि बजार पूँजीकरण साढे ३५ खर्बमाथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण रु ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख ७० हजारको हाराहारीमा पुगेको छ । कारोबारका आधारमा आज जीवन बीमा, निर्जीवन बीमा, लघुवित्तको शेयरमा लगानीकर्ता आकृर्षित भएका छन् । कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ ।

बैंकिङ ५७.३२, व्यापार ७१.६, होटल २४.१, विकास बैंक ४९.९१, जलविद्युत् ६४.४५, वित्त ३४.७५, निर्जीवन बीमा ४४७.४४, उत्पादन १५९.६६, अन्य ६२.६१, लघुवित्त ३७०.३, जीवन बीमा ६९७.९१, सामूहिक लगानी कोष ०.१८ मा पुगेको छ ।

कारोवारका आधारमा आज निर्धन उत्थान लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७० करोड ४८ लाख ४९ हजार ९४१ बराबरको कारोवार भयो ।

यस्तै, नबिल बैंक रु ६८ करोड पाँच लाख १६ हजार ४७१, छिमेक लघुवित्त रु ४७ करोड ९१ लाख ४० हजार ४६४, डिप्रोक्स लघुवित्त रु ४७ करोड ४४ लाख ४१ हजार ७५४, ग्लोबल आइएमई बैंक रु ४६ करोड ९० लाख २४ हजार ४८३, एनआइसि एशिया बैंक रु ४० करोड ६९ लाख तीन हजार ३९२, नेको इन्स्योरेन्स रु ३४ करोड ७४ लाख ४० हजार ८५, नेपाल बैंक लिमिटेड रु २८ करोड ९९ लाख आठ हजार ३४२ र नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ८९ लाख तीन हजार १९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा छिमेक लघुवित्त, गरिमा विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबी लघुवित्त, आरएसडिसी, फरवार्ड लघुवित्त, उन्नती सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्तका लगानीकर्ताले समान १० प्रतिशतले कमाएका छन् ।

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ४.०३, सानिमा बैंकको ऋणपत्र १.९०, एनआइसि एशिया ऋणपत्र १.५९, एभरेष्ट बैंक १.४८, एनआइसि एशिया बैंकको ऋणपत्र २०८४ को ०.७६ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ०.३५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ६ : ३० बजे

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित

बाजुरा– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन