महिला राष्ट्रिय लिग फुटबल : एपीएफसँग हार्‍यो पुलिस | Khabarhub Khabarhub

महिला राष्ट्रिय लिग फुटबल : एपीएफसँग हार्‍यो पुलिस


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी महिला राष्ट्रिय लिगमा वभागीय टोली एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध एपीएफले २–१ गोल अन्तरको जित हासिल गरेको हो ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ६९औं मिनेटमा एपीएफले उपहार गोल पाएपछि पुलिस दबाबमा परेको थियो। घिमकुमारी गुरुङले गोल गर्दा एपिएफले अग्रताको अवसर पाएको थियो।

पुलिसका लागि अमृता जैशीले ७५औं मिनेटमा गोल गर्दै एपिएफविरुद्ध खेल बराबरीमा ल्याएकी थिइन्। अघिल्ला खेलमा फराकिलो जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको एपिएफले खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रविनाले गोल गर्दै एपीएफको जित सुनिश्चित गरेकी थिइन ।

एपीएफले १० खेलबाट स्पष्ट ३० अंक जोड्दै शीर्ष स्थानमा यथावत् रहँदा अंक गुमाएको पुलिसको १० खेलबाट १४ अंक भएको छ। पराजयसँगै पुलिसको उपाधि उचाल्ने समीकरण समाप्त भएको छ।

लिगअन्तर्गत सोमबारै सम्पन्न भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिका स्याङ्जालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ८ : २६ बजे

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक पदाधिकारी नियुक्ति बहुमतद्वारा सदर

काठमाडौं – सर्वोच्च अदालतले विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको

संवैधानिक पदाधिकारी नियुक्ति विवादमा इजलासमै फैसला पढेर सुनाउने तयारी

काठमाडौं – ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ

बाराको जगदम्बा स्टिलको भट्टीमा विस्फोट

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा

दुई कार्यकाल हटाउने प्रावधान महाधिवेशनको सर्वसम्मत निर्णय हो : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेतृत्वमा दुई