महिला राष्ट्रिय लिग फुटबल : एपीएफसँग हार्‍यो पुलिस « Khabarhub

महिला राष्ट्रिय लिग फुटबल : एपीएफसँग हार्‍यो पुलिस


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी महिला राष्ट्रिय लिगमा वभागीय टोली एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध एपीएफले २–१ गोल अन्तरको जित हासिल गरेको हो ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ६९औं मिनेटमा एपीएफले उपहार गोल पाएपछि पुलिस दबाबमा परेको थियो। घिमकुमारी गुरुङले गोल गर्दा एपिएफले अग्रताको अवसर पाएको थियो।

पुलिसका लागि अमृता जैशीले ७५औं मिनेटमा गोल गर्दै एपिएफविरुद्ध खेल बराबरीमा ल्याएकी थिइन्। अघिल्ला खेलमा फराकिलो जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको एपिएफले खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रविनाले गोल गर्दै एपीएफको जित सुनिश्चित गरेकी थिइन ।

एपीएफले १० खेलबाट स्पष्ट ३० अंक जोड्दै शीर्ष स्थानमा यथावत् रहँदा अंक गुमाएको पुलिसको १० खेलबाट १४ अंक भएको छ। पराजयसँगै पुलिसको उपाधि उचाल्ने समीकरण समाप्त भएको छ।

लिगअन्तर्गत सोमबारै सम्पन्न भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिका स्याङ्जालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ८ : २६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका