सर्वाधिक गोलकर्ताको कीर्तिमान रोनाल्डोको नाममा « Khabarhub

सर्वाधिक गोलकर्ताको कीर्तिमान रोनाल्डोको नाममा


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ ।

ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् ।

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले आइतबार राति भएको खेलमा काग्लियारीलाई पराजित गर्ने क्रममा रोनाल्डोले कीर्तिमान कायम गरेका हुन् ।

काग्लियारीलाई उसैको मैदानमा  युभेन्ट्सले ३-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।घरेलु टिमका जियोभानी सिमओनले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्स २६ खेलमा ५५ अंकसहित लिगको तेस्रो स्थानमा छ । काग्लियारी २२ अंक जोडेर १७औँ स्थानमा छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ४० बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप