म्यान्मारमा सुरक्षाफौजको गोली लागि एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु « Khabarhub

म्यान्मारमा सुरक्षाफौजको गोली लागि एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

चिनियाँ व्यवसायमाथि पनि हमला


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा सैन्य ‘कु’  विरूद्धको प्रदर्शनमा सहभागीमाथि सुरक्षाफौजले गोली चलाउँदा एकै दिन कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा कम्तीमा ३८ जना प्रदर्शनकारीहरू मारिएको त्यहाँका अभियानकर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आइतबारको यो घटना फेब्रुअरी १ मा सैन्य ‘कु’ भएयताकै सबैभन्दा घातक भएको एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएको छ ।

एएपीपीका अनुसार मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएका छन् भने अन्यको  देशका विभिन्न भागमा मृत्यु भएको छ ।

याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको दाबी गरिएको छ ।

तस्वीर : एपी

प्रदर्शनकारीहरूले एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि पनि हमला गरेका छन् ।

चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले चिनियाँ व्यवसायीमाथि हमला गरेका हुन् ।

बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाएको छ ।

क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ। एउटा चिनियाँ होटलमा समेत हमला भएको छ ।

चिनियाँ दूतावासले ‘केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पुर्‍याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको’ जनाएको छ ।

दूतावासले म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर एक वर्ष संकटकाल लगाए पनि म्यान्मारभरी सामूहिक प्रदर्शन जारी छन् ।

प्रदर्शनकारीहरूले सेनाले सत्ता हातमा लिएपछि नियन्त्रणमा लिइएकी नेत्री आङ सान सू चीसहित निर्वाचित सरकारका नेताहरूलाई रिहाइ र  सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् ।

गत नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै त्यहाँको सेनाले  शक्ति हातमा लिएको हो । सो चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टी बिजयी भएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : १० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका