माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि | Khabarhub Khabarhub

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार शुरू भएको बैठकले आज पनि निरन्तरता पाउन लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा आइतबार प्रस्तुत भएका ६ वटा एजेण्डामा नै केन्द्रित रहेर  छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा माओवादी केन्द्रको नाम फेर्ने, केन्द्रीय कमिटीको आकार घटाउनेलगायतका एजेण्डा प्रस्तुत भएका छन् ।

फागुन २३को सर्वोच्च अदालतको फैसलाले साविकको नेकपालाई माओवादी केन्द्र र एमालेमा फर्काइदिएपछि पहिलो पटक बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

सर्वोच्चको उक्त फैसलासँगै गठबन्धनमा रूपान्तरण भएको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्नेमा माओवादी केन्द्र निर्णयमा पुग्न सकेको छैन ।

यद्यपि कांग्रेस र जसपासँगको गठबन्धन बन्नेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिदै अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको तयारी छ । केन्द्रले आफ्ना तर्फबाट सरकारमा गएका सात मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । तर ती सात मन्त्रीसहित २३ जना एमालेमा प्रवेश गरिसकेकाले उनीहरुलाई कारबाहीको तयारी समेत भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : २५ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको