माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार शुरू भएको बैठकले आज पनि निरन्तरता पाउन लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा आइतबार प्रस्तुत भएका ६ वटा एजेण्डामा नै केन्द्रित रहेर  छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा माओवादी केन्द्रको नाम फेर्ने, केन्द्रीय कमिटीको आकार घटाउनेलगायतका एजेण्डा प्रस्तुत भएका छन् ।

फागुन २३को सर्वोच्च अदालतको फैसलाले साविकको नेकपालाई माओवादी केन्द्र र एमालेमा फर्काइदिएपछि पहिलो पटक बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

सर्वोच्चको उक्त फैसलासँगै गठबन्धनमा रूपान्तरण भएको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्नेमा माओवादी केन्द्र निर्णयमा पुग्न सकेको छैन ।

यद्यपि कांग्रेस र जसपासँगको गठबन्धन बन्नेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिदै अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको तयारी छ । केन्द्रले आफ्ना तर्फबाट सरकारमा गएका सात मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । तर ती सात मन्त्रीसहित २३ जना एमालेमा प्रवेश गरिसकेकाले उनीहरुलाई कारबाहीको तयारी समेत भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : २५ बजे

विपक्षीको नाराबाजीबीच अर्थमन्त्री वाग्लेले दिन थाले जवाफ

काठमाडौं – विपक्षीको अवरोधकैबीचमा संसद् सञ्चालन भएको छ । अवरोधकै

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं – सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति

विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष