केपी शर्मा ओली र माधव नेपालसहितका नेताहरूको बैठक धुम्बाराहीमा शुरू « Khabarhub

केपी शर्मा ओली र माधव नेपालसहितका नेताहरूको बैठक धुम्बाराहीमा शुरू


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच बैठक शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी पक्षका महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायत सहभागी छन् । माधव नेपाल समूहतर्फ नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताएपछि विवाद बढिरहेका बेला दुई पक्षबीच चार महिनापछि भेटवार्ता भएको हो । ओली र नेपालबीच गत कार्तिक २५ गते यता भेट भएको थिएन ।

ओली र नेपाल दुवै पक्षका नेताहरुले बैठकका लागि प्रयास गरिरहेका थिए ।  ओलीले नेपाललाई बैठकका लागि बालुवाटार बोलाए पनि नेपालले नमानेपछि धुम्बाराहीमा बैठक बसेको हो ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते आफू निटक नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर महासचिव बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेका थिए । ओलीको यो कदमपछि एमालेभित्र विवाद चर्किएको थियो ।

माधव नेपाल समूहले आइतवार साँझ ११ जना स्थायी कमिटी सदस्यले वक्तव्य जारी गर्दै ओलीको कदमको विरोध जनाएका थिए । नेपाल पक्षले ओलीको निर्णयको प्रतिक्रियास्वरुप समानान्तर विभागहरु गठन गरेको छ ।

यता अध्यक्ष ओलीले चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएका छन् भने चैत्र ३ गतेलाई चियापान कार्यक्रम राखेका छन् । नेपाल पक्षले चैत्र ४ र ५ गतेलाई राष्ट्रिय भेला बोलाएको छ ।

 

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै