धुम्बाराहीमा बसेको ओली र नेपाल पक्षको बैठक सकियो | Khabarhub Khabarhub

धुम्बाराहीमा बसेको ओली र नेपाल पक्षको बैठक सकियो


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको छलफल सकिएको छ ।

झण्डै ३ घण्टा पार्टी कार्यालय धुम्बाराहीमा बसेको दुई समूहको छलफल सकारात्मक भएको एमालेका नेता रघुजी पन्तले जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘सौहार्दपुर्ण रुपमा वार्ता भयो । वार्ता सकारात्मक भयो । कुराकानी जारी रहन्छ । कुराकानी जारी राख्ने तर अहिलेको अवस्थामा आ–आफ्ना अडान कायमै छन् ।’

बैठकपछि प्रतिक्रिया दिँदै नेता पन्तले एमालेलाई बलियो बनाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक भूमिका खेल्ने अपेक्षा राखेको भन्दै आफ्नो अडान कायमै रहेको बैठकमा भनेको बताए ।

‘बैठकमा हामीले फागुन २८ गते भएको बैठकको निर्णय थाहा पनि छैन, त्यो बैठकको निर्णय स्वीकार पनि नगर्ने भनेर भन्यौं,’ उनले भने ।

चार महिनापछि भएको ओली र नेपालको बैठकमा ओली पक्षबाट प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली, सुवास नेम्बाङ लगायतको सहभागिता थियो भने माधव नेपाल पक्षका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, गोकर्ण विष्ट र घनश्याम भुसाल सहभागी थिए ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १ : ४३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी