माओवादी केन्द्रको बैठक जारी | Khabarhub Khabarhub

माओवादी केन्द्रको बैठक जारी


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार शुरू भएको बैठकले आज पनि निरन्तरता पाएको हो । बिहान ११ बजे शुरू भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ ।

पार्टी केन्द्रीय कमिटी सदस्य दलजित श्रीपालीका अनुसार बैठकमा नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन लगायतले धारणा राखेका छन्ले ।

नेताहरूले सत्ता समीकरण, पार्टीको स्थिति, पार्टीलाई क्रान्तिकारी कसरी बनाउने भन्ने कोणबाट धारणा राखेका हुन्। आजको बैठकमा आइतबार प्रस्तुत भएका ६ वटा एजेण्डामा नै केन्द्रित छ । बैठकमा माओवादी केन्द्रको नाम फेर्ने, केन्द्रीय कमिटीको आकार घटाउनेलगायतका एजेण्डा प्रस्तुत भएका छन् ।

फागुन २३को सर्वोच्च अदालतको फैसलाले साविकको नेकपालाई माओवादी केन्द्र र एमालेमा फर्काइदिएपछि पहिलो पटक बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

सर्वोच्चको उक्त फैसलासँगै गठबन्धनमा रूपान्तरण भएको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्नेमा माओवादी केन्द्र निर्णयमा पुग्न सकेको छैन ।

यद्यपि कांग्रेस र जसपासँगको गठबन्धन बन्नेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिदै अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको तयारी छ । केन्द्रले आफ्ना तर्फबाट सरकारमा गएका सात मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । तर ती सात मन्त्रीसहित २३ जना एमालेमा प्रवेश गरिसकेकाले उनीहरुलाई कारबाहीको तयारी समेत भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १२ : ४२ बजे

नदी किनारका यी प्लास्टिकले गिज्याउँदैछन् उपत्यकाबासीलाई (तस्बिरहरू)

काठमाडौं- यही शुक्रबार शनिबार काठमाडौं उपत्यकामा बागमतीसहितका नदीले विनाश र

चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्रीको सम्मान

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प : टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

काठमाडौं– टाटा मोटर्सले देशव्यापी आइपरेको बाढीपहिरो तथा डुबानका घटनाबाट क्षति

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

ललितपुर– शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा