माओवादी केन्द्रको बैठक जारी « Khabarhub

माओवादी केन्द्रको बैठक जारी


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार शुरू भएको बैठकले आज पनि निरन्तरता पाएको हो । बिहान ११ बजे शुरू भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ ।

पार्टी केन्द्रीय कमिटी सदस्य दलजित श्रीपालीका अनुसार बैठकमा नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन लगायतले धारणा राखेका छन्ले ।

नेताहरूले सत्ता समीकरण, पार्टीको स्थिति, पार्टीलाई क्रान्तिकारी कसरी बनाउने भन्ने कोणबाट धारणा राखेका हुन्। आजको बैठकमा आइतबार प्रस्तुत भएका ६ वटा एजेण्डामा नै केन्द्रित छ । बैठकमा माओवादी केन्द्रको नाम फेर्ने, केन्द्रीय कमिटीको आकार घटाउनेलगायतका एजेण्डा प्रस्तुत भएका छन् ।

फागुन २३को सर्वोच्च अदालतको फैसलाले साविकको नेकपालाई माओवादी केन्द्र र एमालेमा फर्काइदिएपछि पहिलो पटक बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

सर्वोच्चको उक्त फैसलासँगै गठबन्धनमा रूपान्तरण भएको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्नेमा माओवादी केन्द्र निर्णयमा पुग्न सकेको छैन ।

यद्यपि कांग्रेस र जसपासँगको गठबन्धन बन्नेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिदै अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको तयारी छ । केन्द्रले आफ्ना तर्फबाट सरकारमा गएका सात मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । तर ती सात मन्त्रीसहित २३ जना एमालेमा प्रवेश गरिसकेकाले उनीहरुलाई कारबाहीको तयारी समेत भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १२ : ४२ बजे

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक