अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन : वरिष्ठ नेता पौडेल « Khabarhub

अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन : वरिष्ठ नेता पौडेल


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् ।

सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताए ।

वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट पारे ।

नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए ।

“देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन”, पूर्वउपप्रधानमन्त्री पौडेलले भने, “अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, कांग्रेस आन्तरिक किचलोमा फसेको छ, सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ ।”

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १ : ५९ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष