विना निष्कर्ष टुंगियो ओली–नेपाल पक्षको वार्ता, दुवै पक्ष आआफ्नै अडानमा (भिडियोसहित) | Khabarhub Khabarhub

विना निष्कर्ष टुंगियो ओली–नेपाल पक्षको वार्ता, दुवै पक्ष आआफ्नै अडानमा (भिडियोसहित)


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले २८ फागुनमा बालुवाटारबाट भएका निर्णयहरू फिर्ता लिनु पर्ने अडान राखेको छ ।

संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सोमबार धुम्बाराहीमा भएको छलफलमा नेपाल पक्षले २८ फागुनको निर्णय आफूहरूलाई थाहा नभएको जनाउँदै निर्णय स्वीकार्य नभएको अडान राखेको छ ।

छलफल सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ फागुनको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको जानकारी दिए ।

‘अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भयो’, पन्तले पत्रकारसँग भने ।

नेता पन्तले सौहार्दपूर्ण रुपमा वार्ता भएको र कुराकानी जारी रहने बताए । ‘कुराकानी जारी राख्ने तर अहिलेको अवस्थामा आ–आफ्ना अडान कायमै छन् ।’ उनले भने ।

यस्तै, बैठकपछि प्रतिक्रिया दिँदै नेपाल पक्षका अर्का नेता भीम रावलले सर्वोच्चले एमाले तीन वर्ष अघिकै अवस्थामा फर्केको भनेपछि त्यही अवस्थाबाट अघि बढ्नुपर्छ भनेर छलफलमा आफूहरूको पक्षले कुरा राखेको बताए । तर, आफूहरूको मागप्रति अध्यक्ष ओली सकारात्मक नदेखिएको उनले बताए ।

हेरौँ भिडियो

‘सर्वोच्चको फैसलापछि यहाँ भएका भनिएका सबै निर्णयहरु प्रभाव शून्य हुन्छन् भनेर हामीले भन्यौँ । २८ गतेको भनिएको बैठकले गरेका निर्णय पनि शुन्य हुन्छन् भनेर हामीले राख्यौँ ।’ उनले भने, ‘तर उहाँहरूले स्वीकार गर्नुभएको सुन्न पाएनौँ । त्यसलाई हामीले स्वीकार गर्ने कुरै भएन ।’

सर्वोच्चको फैसलाअनुसार सबै केन्द्रीय कमिटीका सदस्य बसेर गर्ने निर्णय मात्रै औपचारिक हुन्छ भनेर आफूहरूले राखेको नेता रावलले जानकारी दिए । ‘फेरि छलफल गर्ने कुरा भएको छ तर कहिले गर्ने भनेर भनिएको छैन ।’ नेता रावलले भने ।

२८ फागुनको बैठक औपचारिक पनि नभएको र सबै केन्द्रीय कमिटी सदस्य बसेर निर्णय गर्नुपर्ने माग राखेको भए पनि अध्यक्ष ओलीले भने स्वीकार नगरेको नेता रावलको भनाइ छ ।

उनले भने ‘सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी फरक–फरक दल बनेका छन् । तीन वर्षअघिकै अवस्थामा फर्किएका छौँ । हामी जहिले पनि वामपन्थी एकता पक्षमा थियौँ र छौं भनेर हामीले स्पष्ट गर्‍यौँ । उहाँहरुले पनि सकारात्मक रहेको जवाफ दिनुभयो ।’

बैठकपछि महासचिव पोखरेलले के भने ? (हेरौँ भिडियो)

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  २ : ११ बजे

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको

स्कुटर दुर्घटनामा चालकको मृत्यु

मोरङ – विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कोशी प्रदेशसभा : प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस

विराटनगर – कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन  

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित