विना निष्कर्ष टुंगियो ओली–नेपाल पक्षको वार्ता, दुवै पक्ष आआफ्नै अडानमा (भिडियोसहित) « Khabarhub

विना निष्कर्ष टुंगियो ओली–नेपाल पक्षको वार्ता, दुवै पक्ष आआफ्नै अडानमा (भिडियोसहित)


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले २८ फागुनमा बालुवाटारबाट भएका निर्णयहरू फिर्ता लिनु पर्ने अडान राखेको छ ।

संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सोमबार धुम्बाराहीमा भएको छलफलमा नेपाल पक्षले २८ फागुनको निर्णय आफूहरूलाई थाहा नभएको जनाउँदै निर्णय स्वीकार्य नभएको अडान राखेको छ ।

छलफल सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ फागुनको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको जानकारी दिए ।

‘अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भयो’, पन्तले पत्रकारसँग भने ।

नेता पन्तले सौहार्दपूर्ण रुपमा वार्ता भएको र कुराकानी जारी रहने बताए । ‘कुराकानी जारी राख्ने तर अहिलेको अवस्थामा आ–आफ्ना अडान कायमै छन् ।’ उनले भने ।

यस्तै, बैठकपछि प्रतिक्रिया दिँदै नेपाल पक्षका अर्का नेता भीम रावलले सर्वोच्चले एमाले तीन वर्ष अघिकै अवस्थामा फर्केको भनेपछि त्यही अवस्थाबाट अघि बढ्नुपर्छ भनेर छलफलमा आफूहरूको पक्षले कुरा राखेको बताए । तर, आफूहरूको मागप्रति अध्यक्ष ओली सकारात्मक नदेखिएको उनले बताए ।

हेरौँ भिडियो

‘सर्वोच्चको फैसलापछि यहाँ भएका भनिएका सबै निर्णयहरु प्रभाव शून्य हुन्छन् भनेर हामीले भन्यौँ । २८ गतेको भनिएको बैठकले गरेका निर्णय पनि शुन्य हुन्छन् भनेर हामीले राख्यौँ ।’ उनले भने, ‘तर उहाँहरूले स्वीकार गर्नुभएको सुन्न पाएनौँ । त्यसलाई हामीले स्वीकार गर्ने कुरै भएन ।’

सर्वोच्चको फैसलाअनुसार सबै केन्द्रीय कमिटीका सदस्य बसेर गर्ने निर्णय मात्रै औपचारिक हुन्छ भनेर आफूहरूले राखेको नेता रावलले जानकारी दिए । ‘फेरि छलफल गर्ने कुरा भएको छ तर कहिले गर्ने भनेर भनिएको छैन ।’ नेता रावलले भने ।

२८ फागुनको बैठक औपचारिक पनि नभएको र सबै केन्द्रीय कमिटी सदस्य बसेर निर्णय गर्नुपर्ने माग राखेको भए पनि अध्यक्ष ओलीले भने स्वीकार नगरेको नेता रावलको भनाइ छ ।

उनले भने ‘सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी फरक–फरक दल बनेका छन् । तीन वर्षअघिकै अवस्थामा फर्किएका छौँ । हामी जहिले पनि वामपन्थी एकता पक्षमा थियौँ र छौं भनेर हामीले स्पष्ट गर्‍यौँ । उहाँहरुले पनि सकारात्मक रहेको जवाफ दिनुभयो ।’

बैठकपछि महासचिव पोखरेलले के भने ? (हेरौँ भिडियो)

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  २ : ११ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष