माओवादी केन्द्रले नयाँ सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता गर्ने (भिडियोसहित) « Khabarhub

माओवादी केन्द्रले नयाँ सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता गर्ने (भिडियोसहित)


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सत्ता समीकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।

कोटेश्वर, पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकार निर्माणबारे संसदमा भएका दलसँग वार्ता गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा पनि जाने भएको छ । बैठकले नेकपा विवादमा सर्वोच्चको फैसलामा पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने पनि निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए ।

हेरौँ भिडियो

केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको पनि उनले जानकारी दिए ।

पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ३ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना