माओवादी केन्द्रले नयाँ सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता गर्ने (भिडियोसहित) « Khabarhub

माओवादी केन्द्रले नयाँ सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता गर्ने (भिडियोसहित)


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सत्ता समीकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।

कोटेश्वर, पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकार निर्माणबारे संसदमा भएका दलसँग वार्ता गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा पनि जाने भएको छ । बैठकले नेकपा विवादमा सर्वोच्चको फैसलामा पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने पनि निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए ।

हेरौँ भिडियो

केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको पनि उनले जानकारी दिए ।

पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ३ : ४४ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष