केकीले 'बोक्सीको घर' का लागि कपाल मुण्डन गरेकी हुन् ? | Khabarhub Khabarhub

केकीले ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी हुन् ?


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका केकी अधिकारीले एक फिल्मका लागि कपाल मुण्डन गरेकी छिन् ।

उनले एक महिनाअघि नै फिल्मको चरित्रमा फिट हुनका लागि कपाल मुण्डन गरे पनि आज मात्र आफ्नो नयाँ लूक सार्वजनिक गरेकी हुन् ।

वैशाखदेखि छायांकनमा जाने एक नारीप्रधान फिल्मका लागि केकी नयाँ अवतारमा देखा परेकी हुन् । यद्यपि कुन फिल्म हो भन्नेबारे भने कुनै जानकारी दिइएको छैन ।

केकीले नाटक ‘बोक्सीको घर’ मा आधारित सोही नामको फिल्म निर्माणको घोषणा गरिसकेकी छिन् । उक्त नाटक मण्डला थिएटरमा केही वर्ष पहिले नै मञ्चन भएको थियो ।

कतिपयले यही फिल्मका लागि कपाल मुण्डन गरेको हुनसक्ने आँकलन गरेका छन् । तर, यसको सत्यता भने केकीले खुलाउन चाहेकी छैनन् ।

केकीले दर्शकको प्रतिक्रिया बुझ्न सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ लूक सार्वजनिक गरेकी हुन् । उनको लूकमा दर्शकले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ३ : ५१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर