केकीले ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी हुन् ? « Khabarhub

केकीले ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी हुन् ?


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका केकी अधिकारीले एक फिल्मका लागि कपाल मुण्डन गरेकी छिन् ।

उनले एक महिनाअघि नै फिल्मको चरित्रमा फिट हुनका लागि कपाल मुण्डन गरे पनि आज मात्र आफ्नो नयाँ लूक सार्वजनिक गरेकी हुन् ।

वैशाखदेखि छायांकनमा जाने एक नारीप्रधान फिल्मका लागि केकी नयाँ अवतारमा देखा परेकी हुन् । यद्यपि कुन फिल्म हो भन्नेबारे भने कुनै जानकारी दिइएको छैन ।

केकीले नाटक ‘बोक्सीको घर’ मा आधारित सोही नामको फिल्म निर्माणको घोषणा गरिसकेकी छिन् । उक्त नाटक मण्डला थिएटरमा केही वर्ष पहिले नै मञ्चन भएको थियो ।

कतिपयले यही फिल्मका लागि कपाल मुण्डन गरेको हुनसक्ने आँकलन गरेका छन् । तर, यसको सत्यता भने केकीले खुलाउन चाहेकी छैनन् ।

केकीले दर्शकको प्रतिक्रिया बुझ्न सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ लूक सार्वजनिक गरेकी हुन् । उनको लूकमा दर्शकले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ३ : ५१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन