प्राथमिकताको आधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट बाड्न निर्देशन « Khabarhub

प्राथमिकताको आधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट बाड्न निर्देशन


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि कृष्णगोपाल श्रेष्ठ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजित बजेट प्राथमिकताको आधारमा बजेट बाँडफाँड गर्न निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठको अध्यक्षतामा सोमबार बसको कार्यक्रम कार्यान्वय निर्देशक समितिको बैठकमा उनले तत्काल कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

शिक्षा क्षेत्रमा सुधार देखिनेगरी काम गर्न पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । आगामी दुई साताभित्र कार्यक्रम कार्यान्वयन हुनेगरी निर्देशिका तयार गर्न उनले समितिलाई आग्रह गरेका थिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६७७ स्थानीय तहका ५ हजार ३ सय ९३ विद्यालयले आवेदन दिएका छन् । ७६ स्थानीय तहका विद्यालयबाट भने निदेन नपरेको केन्द्रले जनाएको छ ।

केन्द्रमा बाहेक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट १ सय १२ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा १ हजार ३ सय ४५ निवेदन दर्ता भएका छन् ।

५ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ । तर सबै आवेदनको आधारमा बजेट जोड्दा १४ अर्ब ३५ करोड १९ लाख रुपैयाँ हुन आउने मन्त्रालयको भनाई छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा)डा. षा झा, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र शिक्षा सचिव सहितको बैठकले बजेट वितरणको आधार तय गरी बाडफाड गर्न निर्देशन गरेको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. झाले कार्यविधिमा उल्लेख भएका कार्यक्रमको क्षेत्रमा खर्च गर्नेगरी बजेट व्यवस्थापन गर्नुपर्ने बताइन् ।

अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले चालु आर्थिक वर्षमा खर्च हुने गरी बजेट कार्यान्वयन गर्न आग्रह गरे । उनले तत्काल कार्यान्वयन गर्नेगरी काम थालनी गर्नुपर्ने बताए ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले कार्यक्रम उल्लेख भएका विषयमा मात्रै केन्द्रीत भएर खर्च गर्नुपर्ने धारणा राखेका थिए ।

शिक्षा सचिव रामप्रसाद थपलियाले १० दिनभित्र आधार सहितको बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

बैठकले विद्यालयको भौतिक संरचना निर्माण, पुर्वाधार विकास, शौचालय, खेल सामाग्री वितरण लगायतका विषयमा खर्च गर्ने गरी योजना तयारी गर्ने निर्णय गरेको छ ।

केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले आवेदनमा भवन निर्माण, कक्षाकोठा मर्मत, खेल मैदान, खेल सामाग्री, कम्प्युटर तथा सुचना प्रविधिको विकास, कम्प्युटर ल्याब, सरसफाइ र खानेपानी ,छात्रा छात्रावास लगायतका शिर्षकमा आवेदन परेको जानकारी दिएका थिए ।

केन्द्रले शिक्षामा प्रविधिको प्रयोगको लागि पुर्वाधार विकास गर्न डाटा सेन्टर निर्माण, नेपाली विद्यार्थीद्धारा निर्मित रकेट र स्याटेलाईट निर्माणको लागि अनुदान, एचआइभी संक्रमित अध्यय गर्ने विद्यालय, समावेशी शिक्षा कार्यक्रम सञ्चालन भएका शिक्षण संस्था, आइसिटि ल्याब निर्माण लगायतका विषयमा खर्च गर्ने उल्लेख गरिएको थियो । बैठकले आगामी चैत १२ गते पुन बैठक बसेर निर्णय गर्ने तयारी गरेको छ । त्यसको लागि तत्काल कार्ययोजना निर्माण गर्ने काम शुरु भैसकेको केन्द्रका महानिर्देशक अर्याललेबताए ।

आ.व २०७७/०७८ को लागि स्वीकृत बजेट मध्ये कोभिड–१९ आकस्मिक कोषमा २६ करोड ७० लाख, दिवा खाजा कार्यक्रमको लागि ११ करोड ३७ लाख, प्राविधिक धारमा सञ्चालित विद्यालयमा ल्याब व्यवस्थापन गर्न ६ करोड ६५ लाख रुपियाँ खर्च भैसकेको छ ।

चालु आवमा ५ अर्ब ५५ करोड रुपिया खर्च गर्नेगरी योजना तयारी भैरहेको केन्द्रका महानिर्देशक अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ४० बजे

बालेनले महावीर बोक्दा बढ्दैछ रविसँग दूरी

काठमाडौं- मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह र विज्ञान तथा

सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

काठमाडौं– उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग

ड्रोन उडान प्रकरणमा अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

सियोल- उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि

विश्वकप : चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक

हुम्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन

सिमकोट– यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ। बहिरङ्ग