सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन पक्राउ « Khabarhub

सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन पक्राउ


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको साइबर ब्युरोले सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

साइबर ब्युरो भोटाहिटीबाट खटिएको टोलीले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस हुबहु नक्कल गरी सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रिफेस टेक्नोलोजी प्रालि बुटवलका सञ्चालकत्रय दाङका ३९ वर्षीय विमल केसी, रुपन्देहीका ४० वर्षीय श्यामबहादुर चौधरी र पूर्वी नवलपरासीका ३६ वर्षीय शङ्कर ज्ञावाली रहेका छन् ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रिफेस टेक्नोलोजी प्रालिले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस नक्कल गरी बिक्री वितरण गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई चैत १ गतेको काठमाडौँ जिल्ला अदालतको आदेशले छ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता अर्यालले बताए । अन्य सञ्चालक फरार रहेकाले खोजी कार्य भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना