प्रेसिडेन्ट लिग : सुदूरपश्चिमको स्टार सिटीको विजयी सुरुवात « Khabarhub

प्रेसिडेन्ट लिग : सुदूरपश्चिमको स्टार सिटीको विजयी सुरुवात


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– सुदुरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुवात गरेको छ ।

नेपालगन्जमा सोमबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गर्दै स्टार सिटीले सुखद सुरुवात गरेको हो ।

नेपालगन्ज रंगशालामा स्टार सिटीलाई जित दिलाउन रुप बहादुर लामाले दुई गोल गरे । यस्तै दिपक राज सिंह ठकुरीले एक गोल गरे ।

रुपबहादुर खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई बाँके जिल्ला प्रहरी प्रमुख एसपि ओमबहादुर रानाले नगद पाँच हजार प्रदान गरे ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर–१ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहट, वाग्मती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् । प्रेसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १० : १५ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक