सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली काठमाडौँमा « Khabarhub

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली काठमाडौँमा


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली काठमाडौँ आइपुगेको छ ।

विशेष विमानबाट आएको बहराइनका राजकुमारसहितको पर्वतारोही टोली सोमबार साँझ ६ : ४८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । आरोही टोलीलाई नेपाल प्रस्थान गर्नु अघि बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितले त्यहाँको विमानस्थलमै पुगेर सफल यात्राको शुभकामनासहित विदाइ गरेको थियो ।

आरोहणका लागि आवश्यक बन्दोबस्ती नेपालमा रहेको सेभेन समिट ट्रेक्सले मिलाएको हो । उक्त टोली ८० दिनसम्म नेपालमा बस्ने छ ।

यस्तै, टोलीले गोरखाको चुमनुब्बी गाउँपालिका एकस्थित समागाउँका बासिन्दाहरुलाई दुई हजार डोज कोरोना बिरुद्धको खोप पनि उपलब्ध गराउने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि, गत असोजमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सोही टोलीले आठ हजार एक ६३ मिटर अग्लो मनास्लु र छ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : १८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष