भारत-पाकिस्तान युद्धविरामको निर्णयले सीमाक्षेत्रका स्थानीयलाई राहत « Khabarhub

भारत-पाकिस्तान युद्धविरामको निर्णयले सीमाक्षेत्रका स्थानीयलाई राहत


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जम्मु–काश्मीर– भारत–पाकिस्तानबीच युद्धविरामको निर्णयले जम्मु काश्मीरस्थित सीमा क्षेत्रमा ठूलो राहत पुगेको स्थानीयहरुले बताएका छन् ।

भारत र पाकिस्तानले काश्मीरस्थित नियन्त्रण सीमा क्षेत्रमा युद्धविराम घोषणा गरेपछि स्थानीयहरुले राहतको सास फेर्न पाएको बताएका हुन्।

जम्मु–काश्मीर सीमाक्षेत्रमा हुने गोलीबारी र अशान्तिका कारण दैनिक जीवन नै असर गरेको स्थानीयहरुले बताए । तर, दुई देशबीच भएको युद्धविराम घोषणाले अशान्ति अन्त्य हुनेमा स्थानीयहरु आशावादी छन् ।

सीमाक्षेत्रमा सैन्य गतिविधिहरुले बालबालिकाहरु बिद्यालय जान समेत खुल्ला वातावरण नभएको स्थानीयले बताए ।

गत वर्ष ३६ पटक भएको युद्धविराम उल्लंघनमा सेनासहित १२ जना सर्वसाधारणको ज्यान गएको र सयौं भौतिक संरचनामा क्षति भएको थियो ।

युद्धविरामको निर्णयसँगै सीमाक्षेत्रमा जीवनशैली सामान्य हुने आशा गर्दै स्थानीयले भारतीय सरकारलाई धन्यवाद दिएका छन् । भारत र पाकिस्तानले फेब्रुअरी २५ बाट लागू हुने गरी सिमाक्षेत्रमा युद्धविराम घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : १५ बजे

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

संयुक्त राष्ट्र- संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई)

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट