बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी « Khabarhub

बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी यही चैत ९ गते मित्र राष्ट्र बंगलादेशको राजकीय भ्रमणमा जाने भएकी छन्।

परराष्ट्र मन्त्रालयले सोमबार राष्ट्रपति भण्डारीको दुई दिने राजकीय भ्रमणको कार्य तालिकाबारे जानकारी दिएको छ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा बंगलादेशको भ्रमण गर्न लागेकी हुन्।

राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि भ्रमण टोलीमा हुनेछन्। अन्य उच्च सरकारी अधिकारी पनि भ्रमण टोलीमा रहने परराष्ट्रमन्त्रालयले जनाएको छ।

परराष्ट्रका अनुसार बंगलादेशका संस्थापक पूर्वराष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानको सयौं जन्मजयन्तीका अवसरमा बंगलादेशमा हुने कार्यक्रममा सरिक हुनेछिन्।

बंगबन्धुको जन्मजयन्ती समारोहलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यसपछि ९ चैत बेलुका बंगलादेशका राष्ट्रपतिले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रि भोजको आयोजना गर्नेछन्।

१० चैतमा राष्ट्रपति भण्डारीले बंगलादेशमा रहेका नेपालीहरुलाई भेट्ने कार्यक्रम छ। बंगलादेशका लागि नेपाली राजदूतले १० गते राष्ट्रपति भण्डारीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन्।

सोही दिन राष्ट्रपति भण्डारी स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : ३३ बजे

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत

फेरि ‘रियल सुपरस्टार’को ट्याग, हिरो पनि स्वीकार्छन्

काठमाडौं – मेकरहरू आफ्नो फिल्मको हिरोको नामको अगाडि विभिन्न ट्याग

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

रुकुमपूर्व– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन