डढेलो नियन्त्रणमा नआउँदा वायु प्रदूषण कायमै « Khabarhub

डढेलो नियन्त्रणमा नआउँदा वायु प्रदूषण कायमै

प्रदूषित शहरको सूचीमा काठमाडौँ शीर्ष स्थानमै


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रणमा नआउँदा वायु प्रदूषण अझै कायमै छ ।

वातावरण विभागका अनुसार देशका ३७७ स्थानमा लागिरहेको डढेलोको धुँवाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायू प्रदूषण फैलिएको छ ।

वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार पहिलेभन्दा थोरै सुधार भए पनि अझै स्वस्थकर वायुमा श्वास लिने अवस्थामा छैन ।

आज वायु गुणस्तर सूचाकांक २०० भन्दा तल छ । तर, हावाको बेग अनुसार यो तलमाथि भइरहेकाले देशभर नै भारी वर्षा भएर डढेलो नियन्त्रणमा नआएसम्म प्रदूषण कायमै रहने जोशीले बताए ।

विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाएअनुसार विगत २४ घण्टामा धनगढीमा वायु गुणस्तरको सूचकाङ्क २५९ पुगेको छ । त्यस्तै काठमाडौँमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ ।

दुई दिनअघिसम्म घाम लागेर आकाश खुलेजस्तो भए पनि फेरि धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमेको छ । काठमाडौँमा दुई दिनअघि शिवपुरी जंगलमा उच्च डढेलो लागेको थियो ।

पश्चिमी वायुको प्रभावले ल्याएको बदलीले वायु प्रदूषणबाट थोरै भए पनि राहत भएको छ । नेपालमा स्थानीय र पश्चिमी न्यूनचापीय रेखाको प्रभावले विभिन्न भेगमा पानी पर्ने अवस्था सिर्जना गरेको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा अन्य क्षेत्रका स्थानभन्दा बढी वर्षा हुने सम्भावना छ ।

विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौँ फेरि एक नम्बरमा पुगेको छ ।

सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ । यसआधारमा काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरमा परेको छ ।

आइक्यू एअरको बिहान ९:४० बजेको अपडेट अनुसार काठमाडौँको वायुमण्डलमा एअर क्वालिटी इन्डेक्स एक्यूआई) १९७ पुगेको छ ।

हावामा प्रदूषणको मात्राले खतराको तह नाघेर २०० माथि नाघ्दा बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविदले बताएका छन् ।

प्रदूषण बढेपछि काठमाडौँमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ५१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार