अभिषेकको फिल्ममा प्रहरी अवरोध « Khabarhub

अभिषेकको फिल्ममा प्रहरी अवरोध


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता अभिषेक बच्चनको छायांकनरत एक फिल्ममा प्रहरीले अवरोध गरेको छ । पार्कमा भइरहेको फिल्मको छायांकनलाई प्रहरीले बीचमै रोक लगाएको हो ।

यद्यपि सुटिङको अनुमति भए पनि कोभिड–१९लाई मध्यनजर गर्दै एहतियातन प्रहरीले सुटिङमा रोक लगाएको हो ।

आजतकमा प्रकाशित समाचारअनुसार लखनऊको बेगम हजरत महल पार्कमा बेलुकाको समयमा सुटिङ भइरहेको थियो । सुटिङ भइरहेको स्थानबाट कसैले प्रहरीलाई सूचना दिएपछि प्रहरी आएर सुटिङ रोकेको थियो ।

फिल्मको छायांकनमा रोक लगाइरहँदा त्यसको फोटो र भिडियो खिच्ने फिल्मका सदस्य र प्रहरीबीच झडप भएको थियो ।

डीसीपी सेन्ट्रल जोनका सुमन वर्माले अभिषेकको फिल्ममा ५० देखि ६० जना मानिसको उपस्थित भएकाले प्रहरीले त्यसलाई रोक लगाएको बताए ।

अभिषेक अभिनित फिल्म ‘बिग बुल’ केही समयअघि मात्र रिलिज भएको थियो । हटस्टारमा रिलिज भएको फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन ।

उनी वेब सिरिज ‘ब्रीद’मा देखिएका थिए । जहाँ उनको कामको प्रशंसा भएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ११ : ३० बजे

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे