बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्ष २०७८ को सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

गत वर्षको अन्तिम कारोबारका दिन मंगलबार अधिकतम ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन अर्थात् बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने प्रति तोला एक हजार २९० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ३० रुपैयाँले वृद्धि भएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ११ : ५६ बजे

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र