दरबारिया शैलीमा विवाह गर्ने यी सेलिब्रेटी « Khabarhub

दरबारिया शैलीमा विवाह गर्ने यी सेलिब्रेटी


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड होस् या हलिउड, यहाँ काम गर्ने जोकोही कलाकारको व्यक्तिगत र व्यावसायिक जीवनका बारेमा दर्शकलाई अधिक चासो हुन्छ । दर्शकलाई सेलिब्रेटीको प्रेमजीवन वा विवाहको बारेमा बढी चासो हुन्छ ।

आजतकमा प्रकाशित समाचारअनुसार बलिउड र हलिउडमा यस्ता केही कलाकार छन्, जो शाही परिवारको प्रतिनिधित्व गर्छन् । त्यहीकारण उनीहरुको विवाह पनि दरबारिया शैलीमा भएको थियो ।

अभिनेता आमिर खानकी श्रीमति किरण राव शाही घरानासँग सम्बन्ध राख्छिन् । उनी फिल्ममा कहिल्यै देखिइनन्, तर उनले कैयौं फिल्मको निर्देशन चाहिँ गरेकी छन् ।

किरणका हजुरबुवा जे.रामेश्वर तेलंगाना राज्यको महबुबनगरका महाराज थिए । त्यसपछि उनको विरासतलाई किरणका पिता अर्थात् रामेश्वरका छोराले सम्हाले ।

किरण र आमिरको विवाह सन् २००५ मा भएको थियो । उनीहरुको एक छोरा आजाद राव खान छन् ।

अभिनेत्री करिना कपूर खान बलिउडकी प्रख्यात अभिनेत्री हुन् । उनी सामाजिक सञ्जालमा पति सैफ अली खानसँगको हरेक तस्वीर शेयर गर्छिन् ।

यो जोडीले सन् २०१२ को अक्टोबरमा विवाह गरेका थिए । पिता मंसूर अली खानको निधन पछि सैफ पटौदीको नवाब बनेका थिए ।

सन् २०१६ मा अभिनेत्रीले छोरा तैमूर अली खान पटौदीलाई जन्म दिए । उनले गत फेब्रुअरी २०२१ मा कान्छा छोरालाई जन्म दिएकी थिइन् ।

अभिनेता सोहा अली खान पटौदी नवाब सैफ अली खानकी बहिनी हुन् । उनी सामाजिक सञ्जालमा पति कुणाल खेमू र छोरी इनायाको तस्वीर शेयर गरिहन्छिन् ।

कुणाल र सोहाको भेट एक फिल्मको सुटिङमा भेट भएको थियो । उनीहरुले सन् २०१५ मा विवाह गरे र सन् २०१७ मा छोरी इनायालाई जन्म दिए ।

हलिउड अभिनेत्री मेघन मर्कलले प्रिन्स ह्यारीसँग सन् २०१८ को मे १९ मा विवाह गरिन् । यो विवाहपछि उनलाई डचेस अफ सक्सेसको उपाधि दिइयो ।

मेघनलाई सिरिज ‘सुट्स’ले लोकप्रियता दिलाएको थियो । उनीहरुको एक छोरा आर्ची छ । यो जोडी चाँडै नै नयाँ सन्तानलाई संसारमा स्वागत गर्दैछन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  २ : २० बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्