सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो – ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ « Khabarhub

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो – ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले आफ्नो नयाँ वर्षको योजना अनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् । सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन् ।

नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्छन् ।

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिईएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन् ।

ग्यालेक्सी एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् । ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।

आफुसँग भएको कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभुत शर्तहरु लागू हुनेछन् । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ ।

दोस्रो, फोनको ब्याट्रि, स्क्रीन र फोन को बडी सहि अवस्थामा हुनुपर्दछ। यी दुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिने छ र नयाँ फोन किन्नका लागि ग्यारेन्टिड रु. ८०० का साथ एक्स्चेन्ज प्रदान गरिनेछ ।

यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १२ : १७ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै