दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना « Khabarhub

दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ ।

‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको बिहीबार नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय शुभारम्भ गरिएको हो । बैंकका अध्यक्ष शङ्करनाथ उप्रेतीले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको जानकारी दिए । उनका अनुसार रु दुई अर्ब लगानीमा बैंक स्थापना गरिएको हो ।

बैंकमा हालसम्म ५९० प्रमोटर शेयर सदस्य छन् । उक्त सङ्ख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भइरहेको छ ।

आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले जानकारी दिए । “हामीले कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएको हो । बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्छौँ । किसानसँग सहकार्य गर्दै उत्पादन बढाउँछौँ”, उनले भने ।

बैंकले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम शुरु गर्ने तयारी गरेको छ । जसका लागि तराईका विभिन्न जिल्लामा ६०० बिघा जग्गा भाडामा समेत लिइसकेको छ ।

जसमा कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लामा जग्गा लिएर उत्पादन शुरु गरिसकेको छ भने झापा, मोरङ, सुनसरीलगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ ।

खाद्य बैंक स्थापना गर्नुको मुख्य उद्देश्य कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र प्राङ्गारिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने रहेको जनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ३ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार