गण्डकी प्रदेशका बालबालिकामा यूके भेरिन्टको संक्रमण बढ्दो « Khabarhub

गण्डकी प्रदेशका बालबालिकामा यूके भेरिन्टको संक्रमण बढ्दो


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशमा पछिल्लो साता ११ वर्षका २६ बालबालिकामा यूके भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

संक्रमति हुनेमा ११ वर्षका बालबालिका धेरै रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

पछिल्लो साता ११ वर्षका २६ जनामा यूके भेरियन्ट पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए । यो उमेरका बालबालिकामा संक्रमण धेरै देखिएपछि विद्यालयमा र्‍यान्डम नमुना परीक्षण सुरु गरिएको पनि डा. शर्माले बताए ।

“अहिले पोखरा र आसपासका क्षेत्रका विद्यालयमा नै गएर परीक्षण सुरु गरेका छौँ । कलेजका विद्यार्थीहरुमा पनि संक्रमण देखिएपछि र्‍यान्डम स्याम्प्लिङ गरेर एन्टिजेन विधिबाट परीक्षण गरिरहेका छौँ,” डा. शर्माले भने ।

गण्डकी प्रदेशमा अहिले कोरोनाका ४१६ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ४ : १० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको