गण्डकी प्रदेशका बालबालिकामा यूके भेरिन्टको संक्रमण बढ्दो | Khabarhub Khabarhub

गण्डकी प्रदेशका बालबालिकामा यूके भेरिन्टको संक्रमण बढ्दो


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशमा पछिल्लो साता ११ वर्षका २६ बालबालिकामा यूके भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

संक्रमति हुनेमा ११ वर्षका बालबालिका धेरै रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

पछिल्लो साता ११ वर्षका २६ जनामा यूके भेरियन्ट पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए । यो उमेरका बालबालिकामा संक्रमण धेरै देखिएपछि विद्यालयमा र्‍यान्डम नमुना परीक्षण सुरु गरिएको पनि डा. शर्माले बताए ।

“अहिले पोखरा र आसपासका क्षेत्रका विद्यालयमा नै गएर परीक्षण सुरु गरेका छौँ । कलेजका विद्यार्थीहरुमा पनि संक्रमण देखिएपछि र्‍यान्डम स्याम्प्लिङ गरेर एन्टिजेन विधिबाट परीक्षण गरिरहेका छौँ,” डा. शर्माले भने ।

गण्डकी प्रदेशमा अहिले कोरोनाका ४१६ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ४ : १० बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार