नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु, ४९० थपिए | Khabarhub Khabarhub

नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु, ४९० थपिए


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ रहेको छ ।

यसैगरी २४ घण्टामा १५७ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँचभ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : ०० बजे

सिप मेलामा युवा जाेस- सिकेर आफ्नै व्यवसाय खोल्छौँ

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ

आगोले जलेर आमाछोराको मृत्यु

ओखलढुङ्गा– आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ