किरणको सेवा गर्न अनुपमले छोडे हलिउड प्रोजेक्ट « Khabarhub

किरणको सेवा गर्न अनुपमले छोडे हलिउड प्रोजेक्ट


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता अनुपम खेरकी पत्नी तथा भारतीय जनता पार्टीका सांसद किरण खेर हालका दिनमा क्यान्सरबाट गुज्रिरहेकी छन् । पत्नीलाई क्यान्सर भएपछि अनुपमले इमान्दारिताका साथ किरणको सेवा गरिरहेका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अनुपमले श्रीमतिको सेवाका लागि केही समयसम्म कुनै पनि प्रोजेक्टमा काम नगर्ने निर्णय लिएका छन् । यही निर्णयका कारण उनले एक हलिउड प्रोजेक्ट पनि छोडेका छन् ।

सन् २०१८ देखि अमेरिकन मेडिकल ड्रामा सिरिजमा अभिनय गर्दै आएका अनुपम सिरिजबाट बिदा भएका छन् । अमेरिकी टेलिभिजन च्यानल एनबीसीको सिरिज ‘न्यू एमस्टरडम’को तेस्रो सिजन चलिरहेको छ । यसमा अनुपमले डाक्टर विजय कपूरको भूमिका निर्वाह गरेका थिए ।

अनुपमले केही समय अघि सामाजिक सञ्जालमार्फत पत्नी किरणलाई मल्टीपल माएलो भएको जानकारी दिएका थिए । उनका अनुसार यो ब्लड क्यान्सरको एक प्रकार हो ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ७ : ४५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका